AarthikBikash
बुधबार, मंसिर ३, २०८३
  • होमपेज
  • राजनीति
  • आगामी निर्वाचनको रणनीति तय गर्न एमालेले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

आगामी निर्वाचनको रणनीति तय गर्न एमालेले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

  • बुधबार, मंसिर ३, २०८३
आगामी निर्वाचनको रणनीति तय गर्न एमालेले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं – नेकपा एमालेले पार्टीलाई एकताबद्ध बनाउँदै आगामी स्थानीय र प्रदेश निर्वाचनको तयारी थाल्ने उद्देश्यसहित बुधबारदेखि काठमाडौंमा दुईदिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ ।

काठमाडौंको माइतीघरस्थित कार्की ब्यांक्वेटमा हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। भेलामा देशभरबाट ३४ सयभन्दा बढी नेता, कार्यकर्ता तथा जनप्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।२०८३ भदौमा भएको जेनजी विद्रोहपछि सत्ता र शक्तिबाट बाहिरिएको एमालेले राष्ट्रिय भेलालाई पार्टीको आन्तरिक एकता सुदृढ गर्ने र आगामी निर्वाचनका लागि संगठन परिचालनको रणनीति तय गर्ने अवसरका रूपमा लिएको छ।

भेलाको तयारीबारे जानकारी दिँदै एमाले महासचिव शंकर पोखरेलले नयाँ निर्णय गर्नेभन्दा पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा भेला केन्द्रित हुने बताएका छन्।

त्यस्तै, मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले पनि राष्ट्रिय कार्यकर्ता भेलालाई चुनावी रणनीति निर्माण र पार्टी परिचालनमा केन्द्रित गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

भेलालाई अध्यक्ष ओलीसँगै वरिष्ठ नेता विद्या भण्डारीले पनि सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीका विभिन्न नेताले पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

अघिल्लो समाचार

Roulette Dal Vivo Quanto Si Guadagna 2026
Roulette Dal Vivo Quanto Si Guadagna 2026

सम्बन्धित समाचार