AarthikBikash
शनिबार, अशोज १२, २०८१
  • होमपेज
  • राजनीति
  • रविमाथिकाे राजनीतिक प्रतिशोध विरूद्ध प्रतिकार गर्ने चेतावनी

रविमाथिकाे राजनीतिक प्रतिशोध विरूद्ध प्रतिकार गर्ने चेतावनी

  • बिहिबार, अशोज १०, २०८१
रविमाथिकाे राजनीतिक प्रतिशोध विरूद्ध प्रतिकार गर्ने चेतावनी

काठमाडौं – चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएका छन् । १० दिनको भ्रमणमा चीन गएका रास्वपाका नेताहरु सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने सम्भावना बढेको भन्दै बिहीबार स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएपछि रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले अरुलाई जोगाउन आफ्ना सभापतिलाई रवि लामिछानेलाई मात्रै टार्गेट गर्न खोजिएको दाबी गरे । उनले कुनै पनि राजनीतिक प्रतिशोधको पार्टीले कडा रुपमा प्रतिकार गर्ने पनि बताएका छन् ।

व्यक्तिगत रूपमा संलग्न भएर सहकारीबाट लामिछानेले रकम नलिएको छानबिन समितिले नै प्रष्ट उल्लेख गर्दा पनि जबरजस्ती अपराधी बनाउन खोजिएको जिकिर उनले गरे । झाले सहकारी प्रकरण, पछिल्लो राजनीतिक अवस्थाबारे शुक्रबार पत्रकार सम्मेलन गरि आधिकारिक धारणा तय गर्ने जानकारी दिएका छन् ।

त्यस्तै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले सभापति लामिछानेमाथिको प्रहार व्यक्तिमाथिको नभई संस्थामाथिको भएकाले प्रतिकार गर्ने स्पष्ट पारे । वाग्लेको नेतृत्न्वमा १४ जना रास्वपा नेताहरू शनिबार चीन भ्रमणमा गएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार