AarthikBikash
शनिबार, अशोज १२, २०८१
  • होमपेज
  • समाज
  • पहिरोमा पुरिएको बस र माइक्रो बसबाट १४ जनाको शव निकालियो

पहिरोमा पुरिएको बस र माइक्रो बसबाट १४ जनाको शव निकालियो

  • शनिबार, अशोज १२, २०८१
पहिरोमा पुरिएको बस र माइक्रो बसबाट १४ जनाको शव निकालियो

काठमाडौं,धादिङ-धादिङ र काठमाडौंको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खेलामा पहिरोले पुरिएका दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।

काठमाडौं प्रहरी परिसरकाका अनुसार पहिरोले पुरिएको अवस्थामा लु १ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको अर्को बसबाट ९ जना गरी १४ जनाको शव निकालिएको हो ।

प्रहरीले अझै पनि उद्धार कार्य जारी रहेको जनाएको छ । शनिबार बिहान पहिरो जाँदा केही गाडी पुरिएका थिए ।

देशको विभिन्न भेगबाट राजधानी काठमाडौं प्रवेश गर्ने नौबिसे–नागढुङ्गा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार