mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • सरकारमाथि खनिए कांग्रेसकै नेता, विपदमा काम गर्न नसकेको आरोप

सरकारमाथि खनिए कांग्रेसकै नेता, विपदमा काम गर्न नसकेको आरोप

  • आइतवार, अशोज १३, २०८१
सरकारमाथि खनिए कांग्रेसकै नेता, विपदमा काम गर्न नसकेको आरोप

काठमाडौं– नेपाली कांग्रेसका नेताहरुले बाढी, पहिरोको समस्यामा सरकारको काममाथि प्रश्न उठाएका छन्। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकमा नेताहरुले सरकारको आलोचना गरेका हुन्।निरन्तर वर्षाले पुर्‍याएको क्षति कम गर्न सरकार चुकेको नेताहरुले प्रश्न गरेपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले प्रष्टीकरण दिएका थिए । अविरल वर्षा र यसबाट हुने जनधनको क्षतिलाई रोक्न पूर्वतयारीमा सरकार चुकेको भन्दै कार्यसम्पादन समिति सदस्यहरूले सरकारको आलोचना का थिए ।

बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकले विपदमा सरकारले गरेका काम तथा प्रयासबारे ब्रिफिङ गरेका थिए। गृहमन्त्री लेखकले सीमित स्रोत र साधनका बीच विपदमा काम गर्नुपरेको बताएका थिए। कांग्रेसले सम्पूर्ण नेता तथा कार्यकर्तालाई बाढीपहिरो पीडितको उद्धार र राहतमा सक्रिय रहन पनि निर्देशन दिएको छ।

सम्बन्धित समाचार