AarthikBikash
मङ्लबार, अशोज २०, २०८३
  • होमपेज
  • राजनीति
  • तीन महामन्त्रीका लागि कांग्रेसमा ९ जनाको प्रतिस्पर्धा, महिलातर्फ ३ उम्मेदवार

तीन महामन्त्रीका लागि कांग्रेसमा ९ जनाको प्रतिस्पर्धा, महिलातर्फ ३ उम्मेदवार

  • मङ्लबार, अशोज २०, २०८३
तीन महामन्त्रीका लागि कांग्रेसमा ९ जनाको प्रतिस्पर्धा, महिलातर्फ ३ उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा महामन्त्री पदमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसको संशोधित विधानअनुसार यसपटक ३ जना महामन्त्री निर्वाचित हुनेछन्। तीमध्ये एक पद महिलाका लागि सुनिश्चित गरिएको छ। खुला र महिलातर्फ गरी ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

निर्वाचन समितिका अनुसार महामन्त्रीमा डा. डिला संग्रौला (पन्त),शंकर तिवारी, डा.सुनिलकुमार शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, महालक्ष्मी उपाध्याय (डिना), अमरसिंह पुन, रिता खनाल र गुरुराज घिमिरेले उम्मेदवारी दिएका छन्।

महिला महामन्त्रीका लागि डा. डिला संग्रौला (पन्त), महालक्ष्मी उपाध्याय (डिना) र रिता खनाल प्रतिस्पर्धामा छन्।

अन्य ६ जना खुलातर्फबाट महामन्त्रीका उम्मेदवार हुन्।

कांग्रेसले विधान संशोधन गर्दै महामन्त्रीको संख्या २ बाट बढाएर ३ पुर्‍याएको हो।

तीनमध्ये एक पद महिलाका लागि अनिवार्य गरिएसँगै महामन्त्री तहमा पहिलोपटक महिला प्रतिनिधित्व सुनिश्चित भएको छ।

सम्बन्धित समाचार