AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाचार
  • मनसुन बाहिरिन सुरु, केही प्रदेशमा वर्षाको सम्भावना

मनसुन बाहिरिन सुरु, केही प्रदेशमा वर्षाको सम्भावना

  • सोमवार, अशोज २१, २०८१
मनसुन बाहिरिन सुरु, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौंं-देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू९भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको भनाई छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक९दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशबाट यस वर्षको मनसुन बाहिरिन थालेको छ । यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै भागबाट बाहिरिएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार