AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम

सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम

  • बुधबार, अशोज ३०, २०८१
सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम

काठमाडौं -आज नेपाली बाजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको हो।

यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १३०० रुपैयाँ बढेको हो ।

अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन तोलामा १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० कायम भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार