AarthikBikash
बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • राजनीति
  • पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा पेश गरिँदै

पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा पेश गरिँदै

  • आइतवार, कार्तिक ४, २०८१
पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा पेश गरिँदै

काठमाडौं – रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले आज कास्की जिल्ला अदालत पेश गर्ने भएको छ ।

गत शुक्रबार सहकारी ठगीसहितका आरोपमा पक्राउ परेका पक्राउ सभापति लामिछानेमाथि थप अनुसन्धान गर्नु पर्ने भएकाले म्याद थप थपका लागि अदालत पेश गरिन लागेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको छ । प्रहरीका अनुसार बिहान १० बजे लामिछानेलाई अदालत पेश गरिनेछ।

उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले अदालतमा माग गर्ने तयारी गरेको छ।

म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार