mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • भैरहवामा रवि लामिछानेसँग आज पनि बयान लिइँदै

भैरहवामा रवि लामिछानेसँग आज पनि बयान लिइँदै

  • बिहिबार, कार्तिक २९, २०८१
भैरहवामा रवि लामिछानेसँग आज पनि बयान लिइँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ ।

बुटवलको सुप्रिम सहकारी ठगीमा मंगलबार र बुधबार गरी १३ घण्टाभन्दा बढी उनीसँग बयान लिइएको छ । तर बयान नसकिएकाले आज बिहान १० बजेदेखि फेरि लामिछानेसँग बयान लिइन लागिएको हो ।

गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उनको बयान लिइएको हो।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरूको टोलीले बुधबार करिब १० घण्टाभन्दा बढी समय बयान लिएको थियो  ।

लामिछानेको बयान सम्भवतः आज सकिने छ । सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको थियो ।

सम्बन्धित समाचार