AarthikBikash
मङ्लबार, माघ १, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपाल प्रिमियर लिग : जनकपुर बोल्ट्ससँग भिड्दै पोखरा एभेन्जर्स

नेपाल प्रिमियर लिग : जनकपुर बोल्ट्ससँग भिड्दै पोखरा एभेन्जर्स

  • बिहिबार, मंसिर २०, २०८१
नेपाल प्रिमियर लिग : जनकपुर बोल्ट्ससँग भिड्दै पोखरा एभेन्जर्स

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।

खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ । जनकपुर बोल्ट्स सुरुवाती दुई खेलमा लगातार जित हात पार्दै लयमा छ ।

जनकपुर बोल्ट्सले उद्घाटन खेलमा विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो ।

उता पोखरा भने आफ्नो पहिलो खेलमै चितवन राइनोजसँग पराजित भएको थियो ।

आज जनकपुर बोल्ट्स लगातार तेस्रो जितको खोजीमा हुनेछ भने पोखरा एभेन्जर्स पहिलो जितको खोजीमा हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार