काठमाडौं– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले वर्तमान सरकार जनताका आशाअपेक्षालाई सम्बोधन गर्ने गरि अघि बढिरहेको बताउकी छन्। धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन् ।उनले सरकार मुलुकको विकास, समृद्धि, सुशासन र जनताका आशाअपेक्षालाई सम्बोधन हुने गरि अघि बढिरहेको बताईन्। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि जनतामा आशा भरोसा बढेको उनको भनाई छ ।
परराष्ट्रमन्त्री राणाले मुलुकमा राजनीतिक विकास भइसकेकाले अब सामाजिक र आर्थिक विकासको आवश्यकता रहेको बताइन् । वर्तमान सरकार ढल्छ भनेर भ्रम फैलाउने काम भइरहेकाले त्यस्ता हल्ला र भ्रमका पछि नलाग्न समेत आग्रह गरेकी छन् । उनले कांग्रेस-एमाले गठबन्धन सरकार ढल्छ भनेर कसैले दिवा सपना नदेख्न आग्रह गरिन् ।सत्ता गठबन्धन पुरै अवधि जाने र सरकार सहजीकरणका लागि दुई दलको कार्यदल बनेको परराष्ट्रमन्त्री राणाले बताइन्।