AarthikBikash
बुधबार, पुस १७, २०८१
  • होमपेज
  • समाज
  • मौसम : पहाडी भूभागमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मौसम : पहाडी भूभागमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • आइतवार, पुस १४, २०८१
मौसम : पहाडी भूभागमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा हल्का वर्षाका साथै हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा हिमपात र वर्षा तथा तराईका केही स्थानमा वर्षा हुनेछ ।

आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा