AarthikBikash
सोमवार, बैशाख २८, २०८३
  • होमपेज
  • राजनीति
  • ओलीले एमालेको सदस्यता नै खाएपछि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ : भीम रावल

ओलीले एमालेको सदस्यता नै खाएपछि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ : भीम रावल

  • बुधबार, पुस १७, २०८१
ओलीले एमालेको सदस्यता नै खाएपछि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ : भीम रावल

काठमाडौं– नेकपा एमालेबाट निकालिएका नेता डा.भीम रावलले एमालेभित्र केपी ओलीको गुटबाट आफू कोपभाजनमा परेको बताएका छन् । एमालेले संगठित सदस्यबाट हटाएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो बताएका हुन् ।रावलले एमालेबाट निकालिएपछि आफु विकल्पबाट हिँड्न बाध्य भएको बताए। उनले एमालेभित्र केपी ओलीका गुटबाट आफू कोपभाजनमा परेको र विकल्प खोज्नुपर्ने अवस्थामा पुगेको बताए।

नेता रावलले भने, ‘देशभक्त मूल्य र मान्यतामा हिँड्नेहरू केपी ओली गुटको कोपभाजनमा पर्न थाले। यस्तै कोपभाजनामा पारेर निरंकुश र अन्यायपूर्ण किसिमले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यका रूपमा जीवनपर्यन्त रहिरहने मेरो अवस्था रहेन। र आज देश र जनताको सर्वोपरी हितका खातिर विकल्पबाट हिँड्न बाध्य भएको छु।’ रावलले पाँच दशक काम गरेको पार्टीको घोषित सिद्धान्त विधि र उद्धेश्यविपरीतका काम केपी ओलीबाट भएको र त्यसको आलोचना गर्दा सुध्रिनुको उल्टो आफैले प्रतिगामी भनेकाहरूसँग साँठगाठ गरेको आरोप पनि लगाए।

सम्बन्धित समाचार