AarthikBikash
मङ्लबार, माघ १, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नवनियुक्त ५ देशका राजदूतहरुले राष्ट्रपति पौडेल समक्ष लिए शपथ

नवनियुक्त ५ देशका राजदूतहरुले राष्ट्रपति पौडेल समक्ष लिए शपथ

  • बुधबार, पुस १७, २०८१
नवनियुक्त ५ देशका राजदूतहरुले राष्ट्रपति पौडेल समक्ष लिए शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ५ देशका नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य र डेनमार्कका लागि नवनियुक्त राजदूतलाई शपथ गराए।

प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा। नेत्रप्रसाद तिम्सिना मलेसिया र प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त भएका थिए । त्यस्तै,सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार