AarthikBikash
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • राजनीति
  • रविलाई छुटाउन आज कास्की अदालतमा बहस गर्दै

रविलाई छुटाउन आज कास्की अदालतमा बहस गर्दै

  • सोमवार, पुस २२, २०८१
रविलाई छुटाउन आज कास्की अदालतमा बहस गर्दै

काठमाडौं– सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको पक्षबाट आज सोविता गौतम लगायतका अधिवक्ताले बहस गर्दैछन् । कास्की जिल्ला अदालतमा सोमबार पूर्व गृहमन्त्रीसमेत रहेका रविलाई छुटाउन वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ र रास्वपा नेतृसमेत रहेकी अधिवक्ता गौतमले बहस गर्न लागेका हुन् ।सात प्रतिवादीविरुद्ध जारी थुनछेक बहसमा आइतबारसम्म गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भएको छ ।

न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा जोशीका तर्फबाट ६ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् । यसमध्ये वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस सकिएको छ भने पाँचजनाको बाँकी छ । उनीहरूले बहस गर्न चाहेमा लामिछानेका तर्फबाट त्यसपछि मात्रै बहस शुरु हुने जिल्ला अदालतल कास्कीले जनाएको छ ।लामिछानेपछि रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका कानून व्यवसायीको बहस हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार