AarthikBikash
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • राजनीति
  • संसदमा बिजनेस दिन प्रधानमन्त्रीलाई राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

संसदमा बिजनेस दिन प्रधानमन्त्रीलाई राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

  • मङ्लबार, पुस २३, २०८१
संसदमा बिजनेस दिन प्रधानमन्त्रीलाई राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले प्रयाप्त विजनेस नदिएको गुनासो गरेका छन् । राष्ट्रिय सभाका समितिहरुको प्रभावकारिता र हिउँदे अधिवेशनको विषयमा विषयगत समितिका सभापति र सचिवहरुसँग छलफल गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।उनले सरकारसँग सभाको लागि बिजनेस मागे । उनले संसदको मुख्य काम कानुन निर्माण र संसदीय निगरानी भएको बताए ।

तर, सरकारले प्रयाप्त विजनेस नदिएको उनको गुनासो छ । सरकारलाई बिजनेस दिन बारम्बार आग्रह गरिरहेको पनि उनले बताए ।अध्यक्ष दाहालले भने, ‘हाम्रो मुख्य काम कानुन निर्माण नै हो । मैले मेरो तहबाट सरकारलाई विजनेस दिन भनिरहेको छु । प्रधानमन्त्रीज्यू, कानुनमन्त्रीज्यू हामीलाई बिजनेस दिनुस्, जतिसक्यो धेरै विधेयकहरु ल्याइदिनुस् भनेकै छु । सरकार संसदलाई विजनेस दिन गम्भीर बनोस् भन्ने हामी सबैको चाहना हो।’

Facebook Comments

सम्बन्धित समाचार