AarthikBikash
बिहिबार, पुस २५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ

सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ

  • बिहिबार, पुस २५, २०८१
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ

काठमाडौं– सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ परेका छन् । पोखरेलका स्वकीय सचिव अनिल पोखरेल आज बिहान जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैबाट पक्राउ परेका हुन् ।

सप्तरीका बौआलाल चौधरीले २०७९ सालमा मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलविरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराएका थिए । उनीविरुद्धको उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएको छ । एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै अनिलले ३८ लाख रुपैयाँ लिएको आरोप चौधरीको छ ।

अनिलले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ऋषिकेश पोखरेल पत्नी अन्जला कोइरालामाथि सहकारी ठगीको आरोप छ । गत २७ मंसिरमा मुद्दा दर्ता भएपछि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् । बुधबार नै उनी अदालतको आदेशपछि १० लाख धरौटी बुझाएर छुटेकी थिइन् ।

Facebook Comments

सम्बन्धित समाचार