काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने भएका छन् ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने आइतबार बिहान साढे ८ बजे जिल्ला अदालत, काठमाडौंमा हाजिर हुने जनाइएको छ।
उनी पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र ६५ लाख धरौटीमा रिहा भएका थिए ।