AarthikBikash
बिहिबार, माघ ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • देशभर चार्जिङ स्टेशन बढाउनुपर्छ : कुलमान घिसिङ

देशभर चार्जिङ स्टेशन बढाउनुपर्छ : कुलमान घिसिङ

  • बिहिबार, माघ ३, २०८१
देशभर चार्जिङ स्टेशन बढाउनुपर्छ : कुलमान घिसिङ

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्ने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पानको २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्‍यालीमा सहभागि हुँदै निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

उनले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताए । उनले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको बताए ।

निर्देशक घिसिङले निजी सवारी साधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको बताए । उनले यात्रुवाहक सवारी साधन समेत विद्युतीय वृद्धि हुँदै जानु भनेको ठूलो परिवर्तन भएको बताए।

निर्देशक घिसिङले पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको उल्लेख गरे । उनले मुलुकभित्रै विद्युत्को माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी र्‍यालीले अभियानलाई ठूलो सहयोग पुगेको बताए ।

उनले पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको बताए । निर्देशक घिसिङले विद्युतीय सवारी साधनको प्रोमोशन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने बताए ।

Facebook Comments

सम्बन्धित समाचार