काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन्।
शुक्रबार विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलनपछि बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको आरोप लगाए ।
अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान सरकार ०८७ सालसम्म किन टिकाउनुपर्यो भन्दै प्रश्न गरे।
अध्यक्ष नेपालले भने,’वास्तवमा यो सरकारले जनअपेक्षाहरू पूरा गर्न सकेको छैन । यो सरकारले संविधानलाई पूर्ण रूपमा बेवास्ता गरेको छ । संविधान संशोधन गर्नेजस्तो विषयमा अरू कुनै पार्टीसँग परामर्श नगरी रातारात संविधान संशोधन नगरी नहुने के थियो विषय र अहिलेसम्म किन अघि बढेन, अब ०८७ सम्म कुर्नुपर्ने रु यो सरकारलाई २०८७ सम्म टिकाइराख्नुपर्यो ? प्रधानमन्त्रीलाई टिकाइराख्नुपर्ने ? यसको जवाफ दिनुपर्यो ।’
उनले ०८७ मा संविधान संशोधन गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रश्न गरे । उनले सरकार असफल भएको जिकिर गरे।
उनले सरकारका कामको आलोचना गर्नु अर्को विकल्पमा जान तयार छौँ भन्ने नरहेको बताए । सरकारले सदनलाई बेवास्ता गरेको खण्डमा विपक्षी दलहरूले सडक संघर्ष गर्ने उनको भनाइ छ।