काठमाडौं-धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् ।
धरानको समस्याबारे प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई अवगत गराउन मेयर सम्पाङ केहीबेर अघि सिंहदरबारमा पुगेका हुन् ।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर हिजो काठमाडौं आएका थिए ।
तर, उनी सिंहदरबारमा गाग्रीसहित प्रवेश गर्न पाएनन् । खाली गाग्री प्रहरीले नियन्त्रणमा लिएको हो।
गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनलाई गाग्रीविनै गेटबाट सुरक्षाकर्मीले प्रवेश गराएका हुन् ।