AarthikBikash
शनिबार, असार ६, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

  • शनिबार, असार ६, २०८३
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो ।

दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका कामकारबाहीमाथि निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुने छ।मन्त्रालयगत संयोजकहरूले मन्त्रिपरिषदको निर्णय तथा सरकारकोे कामकारबाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्दै आएका छन् ।

आजको बैठकमा संसदीय समितिका गतिविधि, संसदमा कांग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल हुने भएको छ ।

 

सम्बन्धित समाचार