AarthikBikash
बुधबार, कार्तिक १९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मोही मिलाइदिने भन्दै एक लाख घुस लिने मालपोतका नायब सुब्बा रंगेहात पक्राउ

मोही मिलाइदिने भन्दै एक लाख घुस लिने मालपोतका नायब सुब्बा रंगेहात पक्राउ

  • बुधबार, कार्तिक १९, २०८३
मोही मिलाइदिने भन्दै एक लाख घुस लिने मालपोतका नायब सुब्बा रंगेहात पक्राउ

सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिनालाई घुस रकम सहित पक्राउ गरेको छ ।

आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत नायब सुब्बा तिमिल्सिनालाई एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम मिलाइदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए ।

सम्बन्धित समाचार