AarthikBikash
शनिबार, असार ६, २०८३
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय महाधिवेशनका लागि चितवन पुगे सभापति रवि लामिछाने

राष्ट्रिय महाधिवेशनका लागि चितवन पुगे सभापति रवि लामिछाने

  • शनिबार, असार ६, २०८३
राष्ट्रिय महाधिवेशनका लागि चितवन पुगे सभापति रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन्।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सभापति लामिछाने शनिवार चितवन पुगेका हुन् ।

महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ। लामिछानेले आजै वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक चितवनमै राखेका छन्।

रास्वपाका अनुसार बैठकमा महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन, विधान संशोधनलगायतको विषयमा छलफल हुनेछ।

रवि लामिछाने भोलीदेखि ९ गतेसम्म सञ्चालन हुने रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले सम्बोधन गर्ने भएका छन् ।

महाधिवेशनको बन्दसत्रमा विधान अधिवेशन हुनेछ। सभापति लामिछानेले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। असार ८ गते नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

महाधिवेशनबाट एक सभापति र ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछ। विधानअनुसार सभापतिले थप २९ जना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था छ। निर्वाचित सदस्यहरूमध्येबाट १६ सदस्यीय पदाधिकारी चयन गरिनेछ।

सम्बन्धित समाचार