AarthikBikash
बुधबार, कार्तिक १९, २०८३
  • होमपेज
  • राजनीति
  • आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न

आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न

  • बुधबार, कार्तिक १९, २०८३
आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न

काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

यसअघि आईजीपीलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्दै आएका थिए । तर, यसपटक उक्त परम्परालाई फेरिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई हटाएर केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

प्रहरी इतिहासमा पहिलोपटक तत्कालीन गृहमन्त्री वामदेव गौतमले ध्रुवबहादुर प्रधानलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका थिए । त्यसअघि अवकाशमा जान लागेका आईजीपीले नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिने चलन थियो ।

प्रधानको नियुक्तिसँगै उक्त परम्परा तोडिएको थियो । त्यसपछि गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने अभ्यास सुरु भएको थियो । अहिले फेरि गृहमन्त्रीले नै आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिएका छन् ।

गृहमन्त्रीको जिम्मेवारी सम्हालेको तीन दिनपछि गत १६ चैतमा गुरुङ प्रहरी प्रधान कार्यालयको निरीक्षणमा पुगेका थिए । त्यतिबेला उनले नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीले नै दर्ज्यानी चिह्न प्रदान गर्ने व्यवस्था मिलाउन पहल गर्ने बताएका थिए ।

सम्बन्धित समाचार