AarthikBikash
शनिबार, असार ६, २०८३
  • होमपेज
  • खेलकुद
  • फिफा विश्वकप: टर्कीविरुद्ध पाराग्वे १–० ले विजयी, विश्वकपबाट बाहिरियो टर्की

फिफा विश्वकप: टर्कीविरुद्ध पाराग्वे १–० ले विजयी, विश्वकपबाट बाहिरियो टर्की

  • शनिबार, असार ६, २०८३
फिफा विश्वकप: टर्कीविरुद्ध पाराग्वे १–० ले विजयी, विश्वकपबाट बाहिरियो टर्की

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा पाराग्वेले पहिलो जित निकालेको छ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित गरेको हो ।

पाराग्वेसँग पराजित भएसँगै टर्की ए विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

खेलको ६५औँ सेकेन्डमै माटियास गालार्जाले पहिलो गोल गरेका थिए ।

फरवार्ड मिगुएल अल्मिरोनले पहिलो हाफको इन्जुरी समयमा रेड कार्ड खाएपछि पाराग्वे १० खेलाडीमा सीमित भएको थियो।

तर पनि टर्कीले गोल फर्काउन नसकेपछि पाराग्वेकै जित भएको हो ।

यो नतिजासँगै सहआयोजक अमेरिका भने एक खेल अगावै समूह ‘डी’ को  विजेता बन्दै नकआउट चरणमा पुगेको हो।

अमेरिकाको २ खेलबाट ६ अंक छ । समान दुई खेल खेलका अष्ट्रेलिया र पाराग्वेको समान ३ अंक छ।

सम्बन्धित समाचार