AarthikBikash
आइतवार, असार ७, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे लिङ्देन

रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे लिङ्देन

  • आइतवार, असार ७, २०८३
रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् ।

राप्रपाका अध्यक्ष लिङ्देन रास्वपाको निमन्त्रणामा महाधिवेशनमा सहभागी हुन भरतपुर पुगेका हुन् ।

रास्वपाको महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

आज अपराह्न हुने उद्घाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिनेछन् ।

सम्बन्धित समाचार