सुर्खेत-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार धेरै लामो समय नजाने बताएका छन्।
सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सो दाबी गरेका हुन् । वर्तमान गठबन्धन अप्राकृतिक रूपमा जन्मिएकोले धेरै लामो समय नजाने दाबी गरे ।
आफूहरूले अहिले सक्रिय भएर सरकार ढाल्न नलागेको उनको भनाई छ । उनले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको टिप्पणी गरेका छन् ।
संसद् आह्वान गर्नुको सट्टा विभिन्न अध्यादेश ल्याउनु गलत भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत देश चलाउन खोजेको आरोप उनले लगाए ।
उनले वर्तमान सरकारले भ्रष्टाचार गर्ने कर्मचारीलाई बचाउन र राम्रो काम गरेका कर्मचारीलाई आक्रमण गरेको टिप्पणी गरे।