AarthikBikash
आइतवार, माघ १३, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारले काम दिन्छु भन्यो भने कसैले नपत्याउनू : गगन थापा

सरकारले काम दिन्छु भन्यो भने कसैले नपत्याउनू : गगन थापा

  • बिहिबार, माघ १०, २०८१
सरकारले काम दिन्छु भन्यो भने कसैले नपत्याउनू : गगन थापा

नवलपरासी-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले सबैलाई रोजगारी दिन नसक्ने बताएका छन् ।

नवलपरासी पुगेरका महामन्त्री थापाले सो कुरा बताएका हुन् । उनले नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने भएकाले जुनसुकै प्रधानमन्त्री भए पनि नसक्ने बताए। महामन्त्री थापाले प्रधानमन्त्रीले वर्षको करिब बढीमा २० हजारलाई भन्दा रोजगारी दिन नसक्ने बताए ।

महामन्त्री थापाले भने, ‘नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी दिनुपर्छ । मानौं कोही प्रधानमन्त्री भयो, उसले सबैलाई नेपालमा रोजगारी दिन्छु भन्यो भने पाँच लाख रोजगारी सिर्जना हुनुपर्छ । त्यो प्रधानमन्त्री भएको मान्छेले कहाँ रोगजारी सिर्जना गर्नसक्छ । प्रहरी, सेना, शिक्षकमा जागिर खुलाउँछ, अस्पतालमा करार राख्छ सबैतिर गरेपनि मुस्किलले २० हजार नाघ्दैन । ४ लाख ८० हजार मान्छे बाँकी रहन्छन् । त्यो मान्छेहरुलाई काम कसले दिन्छ ।’

उनले कहिल्यै पनि सरकारले काम दिन नसक्ने बताए । काम जहिले पनि निजी क्षेत्रले दिने उनले बताए । सरकारले काम दिन्छु भन्यो भने कसैले नपत्याउन नहुने महामन्त्री थापाको भनााई छ ।

Facebook Comments

सम्बन्धित समाचार