mega darknetmega darknet
AarthikBikash
शनिबार, साउन ३२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • रविलाई परिवारको जिम्मा लगाउने न्यायाधीशको आदेशमाथि सरकारी वकिलले उठाए प्रश्न

रविलाई परिवारको जिम्मा लगाउने न्यायाधीशको आदेशमाथि सरकारी वकिलले उठाए प्रश्न

  • बिहिबार, माघ १०, २०८१
रविलाई परिवारको जिम्मा लगाउने न्यायाधीशको आदेशमाथि सरकारी वकिलले उठाए प्रश्न

बुटवल-सुप्रिम सहकारी ठगीको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुधबार परिवारको जिम्मा लगाएकोमा सरकारी वकिलले आपत्ति जनाएका छन्।

लामिछानेलाई बुधबार परिवारको जिम्मा लगाइएकोमा सरकारी वकिलले असन्तुष्टि व्यक्त गरेका हुन् ।

रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहसअघि सरकारी वकिलले रविलाई परिवारको जिम्मामा छाडिएकोबारे प्रश्न गरे।

बुधवार बयान सकिएपछि न्यायाधीश योगीले लामिछानेलाई परिवार र वकिलको जिम्मा लगाएका थिए ।

बयानका लागि आएको प्रतिवादीलाई परिवारको जिम्मा लगाएबाट न्यायाधीशको एक किसिमको मानसिकता झल्किएको भन्दै सरकारी वकिलहरूले न्यायाधीश योगीले रविको मुद्दा रेक्युजल (नहेर्ने) गर्नुपर्ने बताएका थिए ।

बयान सकिएपछि थुनछेक बहसका लागि थुनामा पठाउने प्रचलन रहे पनि न्यायाधीश योगीले रविलाई परिवारको जिम्मा लगाएको भन्दै सरकारी वकिल र जाहेरकर्ताका वकिलले प्रश्न उठाएका हुने ।

सम्बन्धित समाचार