काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने आज पनि जिल्ला अदालत, रुपन्देहीमा उपस्थित हुँदैछन् ।
हिजो अदालतमा लामिछानेविरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको छ ।
पीडित पक्षको दुई वकिलको बहस भने बाँकी छ, त्यसैले उनी आज पनि उपस्थित हुन लागेका हुन् ।
लामिछाने गत बुधबार पहिलो पटक रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यसपछि उनी हाजिरी जमानीमा छुटेका थिए ।
अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थियो।