काठमाडौं – बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ ।
सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा अधिवक्ता त्रिपाठीविरुद्ध मुद्दा दायर भएको हो ।
टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित निवेदन परेको थियो ।
निवेदक दिलबहादुर राईले त्रिपाठीलाई अवहेलनामा हदैसम्म कारबाही माग गरेका छन् ।
निवेदनमाथि आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भन्दै तारेक तोकिएको छ ।