AarthikBikash
शनिबार, माघ १२, २०८१
  • होमपेज
  • राजनीति
  • रविलाई आज पनि परिवारको जिम्मा लगाउन अदालतको आदेश

रविलाई आज पनि परिवारको जिम्मा लगाउन अदालतको आदेश

  • शुक्रबार, माघ ११, २०८१
रविलाई आज पनि परिवारको जिम्मा लगाउन अदालतको आदेश

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले आज पनि परिवारको जिम्मा लगाएको छ ।

बुधबारबाट जारी बहस नसकिएपछि जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले रविलाई श्रीमती निकिता पौडेल लामिछाको जिम्मा लगाएका हुन् ।

आज पनि बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीश योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ । आज सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो ।

त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका थिए। उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा रविलाई परिवारको जिम्मा लगाइएको हो।

Facebook Comments

सम्बन्धित समाचार