AarthikBikash
आइतवार, माघ १३, २०८१
  • होमपेज
  • राजनीति
  • अखिल क्रान्तिकारीको निर्वाचन आज, अध्यक्षमा पाँच जनाको दाबी

अखिल क्रान्तिकारीको निर्वाचन आज, अध्यक्षमा पाँच जनाको दाबी

  • शनिबार, माघ १२, २०८१
अखिल क्रान्तिकारीको निर्वाचन आज, अध्यक्षमा पाँच जनाको दाबी

काठमाडौं-नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको पदाधिकारी चयनका लागि आज मतदान हुँदैछ ।

क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्य चयनको लागि आज निर्वाचन हुन लागेको हो । बिहान ८ देखि बेलुका ६ बजेसम्म सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुने क्रान्तिकारीले जनाएको छ ।

क्रान्तिकारीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी कायम भएको छ। जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा रहेका छन्।

अखिल क्रान्तिकारीमा नेतृत्वका लागि ३२ वर्षे उमेर हद लागू भएपछि पहिलोपटक चुनाव हुन लागेको हो। उम्मेदवारमध्ये सबैलाई माओवादी केन्द्रका पदाधिकारीले साथ दिएका छन् ।

निर्वाचनबाट एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव, एक कोषाध्यक्ष, ३३ सदस्य र सचिवालयमा ४८ सदस्य गरी ३१२ सदस्य चयन हुनेछन् । जहाँ २४ सयभन्दा बढी प्रतिनिधिले मतदान गर्नेछन्।

Facebook Comments

सम्बन्धित समाचार