AarthikBikash
सोमवार, माघ १४, २०८१
  • होमपेज
  • समाज
  • धुलिखेलको फर्निचर सेन्टरमा भीषण आगलागी, एक महिलाको मृत्यु

धुलिखेलको फर्निचर सेन्टरमा भीषण आगलागी, एक महिलाको मृत्यु

  • शनिबार, माघ १२, २०८१
धुलिखेलको फर्निचर सेन्टरमा भीषण आगलागी, एक महिलाको मृत्यु

काभ्रे-काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–९ स्थित श्यामप्रसाद दहालद्वारा सञ्चालित ‘श्यामसुन्दर फर्निचर’ सेन्टरमा बिहीबार विद्युत् सर्ट हुँदा भीषण आगलागी भएको छ ।

राति ९ बजेको समयमा आगलागी हुँदा ७० वर्षीया टीकादेवी दंगालको मृत्यु भएको छ भने उनका श्रीमान् तोयानाथ दंगालसमेत घाइते भएका छन् । उनीहरू हाल उक्त फर्निचरको रेखदेख गर्दै काम गर्दै आएका थिए ।

गए राति पाएको सूचनाको आधारमा आगलागी नियन्त्रणका लागि श्री कालिजंग गण, धुलिखेलबाट पर्शुराम शाक्यको नेतृत्वमा ३४ जनाको टोली ससस्त्र प्रहरी समेत खटिएको थियो ।

त्यस्तै, धुलिखेल नगरपालिका र नमोबुद्ध नगरपालिकाका दुईवटा दमकल र स्थानीय बासिन्दाहरूको सक्रियतामा आगो निभाउने कार्यमा सामेल भएका थिए ।

स्थानीयले बाल्टिन र अन्य साधनहरूको प्रयोग गरेर दमकल टोलीलाई सहयोग गरिरहेका थिए । आगो अहिले बिहानपख मात्रै नियन्त्रणमा आएको बताइएको छ ।

क्षतिको प्रारम्भिक विवरण

१. श्याम सुन्दर फर्निचर सेन्टरमा रहेको सामग्रीमा रु ८० लाख बराबरको क्षति ।

२. स्थानीय कृष्ण बिकको घरमा रु ७ लाख बराबरको क्षति ।

३. ध्रुवबहादुर बिकको टहरोमा रु ३ लाख बराबरको क्षति ।

स्थानीयको सक्रियता र त्रास

घटनास्थलमा स्थानीयको तत्काल सहयोगले क्षति अझै बढी हुनबाट रोक्न मद्दत पुगेको छ । तर, आगलागीका कारण वरपरका क्षेत्रमा त्रास फैलिएको थियो । राति अबेरसम्मको निरन्तर प्रयासले आगो नियन्त्रमा आएको थियो ।

थप जानकारी आउँदै

यस्तै जिल्लाको खानीखोला गाउँपालिका र बेथानचोक गाउँपालिका सीमा महाभारतको लेकको आगो शुक्रबार हेलिकप्टर प्रयोग गरी आगो नियन्त्रण प्रयास जारी रहेको बताइएको छ ।

विस्तृत विवरण तथा क्षतिको थप आँकलनपछि जानकारी सार्वजनिक गरिने स्थानीय प्रशासनले जनाएको छ । आगलागीको कारण देखिएका विद्युत् सर्किटप्रति सावधानी अपनाउन सबैलाई सचेत रहन पनि आग्रह गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार