AarthikBikash
बिहिबार, माघ १७, २०८१
  • होमपेज
  • राजनीति
  • देशको अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै गएको छ : देउवा

देशको अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै गएको छ : देउवा

  • बुधबार, माघ १६, २०८१
देशको अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै गएको छ : देउवा

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै गएको बताएका छन् ।

नेपाल स्टार्टअप र एसएमई समिटको उद्घाटन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन्।

पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको उनको जिकिर छ । युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरिएकोमा उनले प्रशंसा समेत गरे ।

सभापति देउवाले भने, ‘आज हाम्रो मुलुकको राष्ट्रिय आय अपेक्षित रूपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कातिर विश्व बजारसँग हाम्रो निजी क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिन्छ । त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको छ।’

नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले आफूहरूले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएको सभापति देउवाले जानकारी दिए ।

मुलुकको समुन्नतिका लागि राज्यको ध्यान पुग्नु पर्ने अर्को विषय सूचना प्रविधि भएको उनले बताए । राजनीतिक स्थिरतासँगै प्राकृतिक स्रोत, मानव संसाधन, पुँजी र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास हुनुपर्ने उनले जिकिर गरे ।

Facebook Comments

सम्बन्धित समाचार