काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी क्षेत्रमा देखिएको विकृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका छन्।
‘कांग्रेस र सहकारी’ विषयमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।
उनले सहकारीमा जनताको बचतको सुरक्षा गराउन सक्नुपर्ने बताए।
सभापति देउवाले भने, ‘आम नागरिकले दुख गरेर सहकारीमा जम्मा गरेका लाखौं बचतकर्ताहरुको रकम सञ्चालनहरुले अपचलन गरेका छन्। त्यसको सुरक्षाको ग्यारेन्टी गराउँनुपर्छ र आजको आवश्यकता पनि त्यही हो।’
सरकारले समयअनुकुल सहकारी मैत्री ऐन बनाउन आवश्यक ठानेर अध्यादेश ल्याएको बताए। सहकारी क्षेत्रको गुणत्मक सुधार हुँदा समग्र अर्थतन्त्रमै सुधार आउने सभापति देउवाको विश्वास छ।