AarthikBikash
आइतवार, फाल्गुन २५, २०८१
  • होमपेज
  • राजनीति
  • सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पुर्पक्षका लागि कारागार चलान

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पुर्पक्षका लागि कारागार चलान

  • सोमवार, माघ २८, २०८१
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पुर्पक्षका लागि कारागार चलान

काठमाडौ-रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी जिल्ला अदालत रुपन्देहीले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका थुनामा राख्ने आदेश दिएको छ । सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई थुनामा पठाउने आदेश दिएसँगै उनी कारागार चलान भएका छन् । यही सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

जोशी यसअघि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा ५० लाख र पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए । जोशीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ। एका थिए।

सुप्रिम सहकारी ठगीमा २२ जनाविरुद्ध पूरक मुद्दा दर्ता भएको छ। रास्वपा सभापति लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर पूरक मुद्दा दर्ता भए पनि लामिछाने र जोशी मात्रै अदालतमा उपस्थित भएका छन् ।

पूरक मुद्दामा ५५ करोड रुपैयाँ बिगो कायम गरिएको छ । यसअघि गत वैशाखमा गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार