AarthikBikash
आइतवार, फाल्गुन २५, २०८१
  • होमपेज
  • समाज
  • ‘भौतिक पूर्वाधार निर्माणसँगै सैलुङमा पर्यटकीय गतिविधि बढ्यो’

‘भौतिक पूर्वाधार निर्माणसँगै सैलुङमा पर्यटकीय गतिविधि बढ्यो’

  • शुक्रबार, फाल्गुन २, २०८१
‘भौतिक पूर्वाधार निर्माणसँगै सैलुङमा पर्यटकीय गतिविधि बढ्यो’

काठमाडौं-भौतिक पूर्वाधारको विकाससँगै दोलखाको सैलुङ क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ ।

भौतिक पूर्वाधार निर्माणसँगै पर्यटकहको चहलपहल बढेको स्थानीयहरुले बताएका छन् ।

विगतको तुलनामा सैलुङ क्षेत्रमा पर्यटकको आगमन बढेको र स्थानीयहरुको जीविकोपर्जनका लागि पर्यटन क्षेत्र महत्वपूर्ण बन्दै गएको उनीहरुको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकश सिंहले शैलुङ क्षेत्रको पर्यटकीय गतिविधि बढाउन भौतिक पूर्वाधार निर्माणले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । उहाँले प्राकृतिक सौन्दर्यलाई असर नपार्ने गरी भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आन्तरिक र वाह्य पर्यटक भित्र्याउन सुविधा, सहजता र प्रचार प्रसारका लागि स्थानीय र प्रदेश सरकारको साथमा संघीय सरकारले पनि सहयोग गर्ने बताउनुभयो ।

सैलुङमा नयाँ वर्ष र साउन पूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने स्थानीय संगम लामा बताउनुहुन्छ । पर्यटकीय विकासका लागि गर्नुपर्ने काम धेरै भएपनि पहिलाको भन्दा धेरै नै विकास भएको उहाँको भनाइ छ ।

तीन हजार एक सय ४५ मिटरको उचाइमा रहेको शैलुङलाई धेरै जसो बादलले छोप्ने तर मौसम परिवर्तन भइरहने लामाको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार