काठमाडौं – गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको पुनर्निर्माणलाई तीव्ररुपमा अघि बढाएको बताएका छन् ।
सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।
उनले भूकम्पपछिको क्षति आंकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई तीव्रता दिइएको बताए।
गृहमन्त्री लेखकले जाजरकोट,डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आंकलन,पुर्ननिर्माण र पुर्नस्थापनालाई सरकारले तीव्ररुपमा अघि बढाएको जानकारी दिए।
उनले भूकम्पपछिको पुर्ननिर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट,डोटी र बझाङमा पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको बताए।
गृहमन्त्री लेखकले आगामी फागुन २३ गते बझाङ,२४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने बताए ।