बुटवल-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विकल्प नभएको बताएका छन् ।
पार्टीले बुटवलमा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् ।
उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेश तह खारेज गर्नुको विकल्प नभएको बताए ।
अध्यक्ष लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नभएसम्म मुलुकमा अस्थिरता भइरहने बताए ।
अध्यक्ष लिङ्देनले भने, ‘अहिले कांग्रेस र एमाले अरुलाई समाप्त गरेर दुई दलीय व्यवस्था बनाउन खोजिरहेका छन् । उनीहरू घाटसम्म पनि सत्तामै जान चाहन्छन् ।’
अहिलेको सरकार देशका समस्या एकातिर राखेर अर्कोतिर काम गर्न उद्दत रहेको उनले बताए । देशमा राजालाई स्थान नदिए विद्रोह हुने उनको दाबी छ । नेपालजस्तो सानो मुलुकले यति ठूलो संख्याको जनप्रतिनिधि पाल्न नसक्ने उनले बताए ।