AarthikBikash
शुक्रबार, फाल्गुन २३, २०८१
  • होमपेज
  • समाज
  • नेकपा एमाले सचिवालय बैठक बस्दै

नेकपा एमाले सचिवालय बैठक बस्दै

  • आइतवार, फाल्गुन १८, २०८१
नेकपा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

आफैँले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महसुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ ।

सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले केही अध्यादेशमा समर्थन गर्न नसक्ने जनाएपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार