काठमाडौं – नेपाली कांग्रेसले भोलि बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्विप जारी गरेको छ ।
कांग्रेसले अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरिएको हो।
बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ।
सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसद्मा पेस गर्दैछ।
जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको छ।
सरकारले जारी गरेका ६ अध्यादेश मध्ये भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश अगाडि बढाउन सत्तारुढ दलहरूबिच सहमति भएको छ ।