AarthikBikash
बिहिबार, फाल्गुन २२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एचपिभी खोप सुरक्षित र प्रभावकारी छ : स्वास्थ्यमन्त्री पौडेल

एचपिभी खोप सुरक्षित र प्रभावकारी छ : स्वास्थ्यमन्त्री पौडेल

  • बिहिबार, फाल्गुन २२, २०८१
एचपिभी खोप सुरक्षित र प्रभावकारी छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल) का लागि लगाउने भन्ने भनाइमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेका छन् ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोपको हालसम्म गरिएका अध्ययन अनुसार सुरक्षित पाइएको र यसको कुने नकारात्मक असर नदेखिएको उनले बताए ।

राष्ट्रियसभाको आजको बैठकमा मौखिक प्रश्नको उत्तर दिने क्रममा मन्त्री पौडेलले भने, ‘यो खोपले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरसको संक्रमणबाट सुरक्षित गराउँछ, यो खोप सुरक्षित र प्रभावकारी छ, यसबाट हालसम्म कुनै गम्भीर किसिमका असर वा घटना भएका छैनन् ।’

सांसद मदनकुमारी शाह (गरिमा) ले किशोरीलाई लगाइने यो खोप पूर्ण स्वास्थ्यका दृष्टिकोणबाट कति सुरक्षित छ ? र यो खोप पुरुषलाई दिने प्रबन्ध सरकारले कहिले मिलाउने भनी प्रश्न गरिन् । उत्तरमा मन्त्री पौडेलले अन्य राष्ट्रमा पुरुषलाई पनि दिने गरिएको बताउँदै यसबारे सहयोगी राष्ट्रबाट उपलब्ध हुन सक्छ की भन्नेमा गृहकार्य भइरहेको जानकारी दिए ।

गत माघ २२ गतेदेखि देशव्यापी रूपमा सुरुआत गरिएको अभियानमा हालसम्म १४ लाख किशोरीले यो खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी वर्षदेखि यसलाई नियमित खोपका रूपमा कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई दिइनेछ ।

Facebook Comments

सम्बन्धित समाचार