AarthikBikash
मङ्लबार, बैशाख ३०, २०८२
  • होमपेज
  • समाज
  • साँखुको टहरोमा अनियन्त्रित भएर टिपर दुर्घटना, सुतिरहेका तीन जनाको मृत्यु

साँखुको टहरोमा अनियन्त्रित भएर टिपर दुर्घटना, सुतिरहेका तीन जनाको मृत्यु

  • शुक्रबार, फाल्गुन २३, २०८१
साँखुको टहरोमा अनियन्त्रित भएर टिपर दुर्घटना, सुतिरहेका तीन जनाको मृत्यु

काठमाडौं – काठमाडौंको एउटा टहरोमा टिपर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई शुक्रबार बिहान युवराज थापाले सञ्चालन गरेको शंखरापुर​ नगरपालिका-६ साँखुस्थित द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको टहरोमा ठोक्किएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अन्दाजी २१ वर्षीय आकाश र सुमन, यसैगरी अन्दाजी ४५ वर्षीय हरिजन रहेको मृत्यु भएको हो ।

उक्त टहरोमा ६१ जना बस्दै आएका थिए । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए, जसमध्ये तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरूको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४ः३० बजे मृत्युको बताइएको छ । टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ का २५ वर्षीय सागर माझीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

सम्बन्धित समाचार