रौतहट-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् ।
‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’ अन्तर्गत आज बिहान रौतहटको गरुडामा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो चुनौती दिएका हुन् ।
उनले पूर्वराजा शाहलाई राजनीति गर्न मन लागेको भए पार्टी खोलेर चुनाव लड्न र चुनाव जितेर काम गर्न चुनौती दिए ।
उनले देशमा फेरि राजा फर्किन असम्भव रहेको बताए । राजावादीहरुकाले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको उनको भनाइ छ ।