AarthikBikash
आइतवार, फाल्गुन २५, २०८१
  • होमपेज
  • राजनीति
  • पूर्वराजालाई धेरै नहौसिन गृहमन्त्री लेखकको चेतावनी

पूर्वराजालाई धेरै नहौसिन गृहमन्त्री लेखकको चेतावनी

  • आइतवार, फाल्गुन २५, २०८१
पूर्वराजालाई धेरै नहौसिन गृहमन्त्री लेखकको चेतावनी

सुर्खेत-गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नहौसिन चेतावनी दिएका छन् ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले फालिसकेको राजाले पनि लोकतन्त्रको उपयोग गरिहेको बताउँदै त्यसलाई कमजोरीका रूपमा नलिन पनि चेतावनी दिएका हुन् ।

उनले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई नहौसिन आग्रह गरे ।

जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न नहुने बताए ।

उनले आन्दोलनबाट फालिसकेका राजा नेपालमै बसेर सबै स्वतन्त्रता उपभोग गरेको इतिहास विरलै हुने बताए।

Facebook Comments

सम्बन्धित समाचार