AarthikBikash
सोमवार, चैत्र ३, २०८१
  • होमपेज
  • राजनीति
  • सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल भएको छैन : प्रचण्ड

सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल भएको छैन : प्रचण्ड

  • सोमवार, चैत्र ३, २०८१
सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल भएको छैन : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल नभएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । सरकारमा जाने कुनै नीति नभएको र नहुने उनले बताए ।अध्यक्ष प्रचण्डले भने, ‘सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौं। देशमा संकट आयो भने संकट कसरी समाधान भन्ने हाम्रो विचार त हामी दिन्छौं । तर यही सरकारमा गएर हामी पनि कोट हुने, त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन । बाँकी प्रचार सबै भ्रम हो।’

कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको भनेर चर्चा भइरहेको भन्दै प्रचण्डले त्यसमा सत्यता नभएको बताए। सरकारमा रहेका दलका नेताहरुसँग सत्यनिरुपण र मेलमिलाप आयोग लगायतका विषयमा छलफल भएको तर माओवादी सरकारमा जानेबारे कसैसँग छलफल नभएको प्रचण्डले जिकिर गरे।

Facebook Comments

सम्बन्धित समाचार