काठमाडौं-नेकपा (माओवादी केन्द्र) को जागरण अभियान आजबाट पुनः सुरु हुँदैछ ।
यही १२ फागुनमा झापाको कचनकवलबाट सुरु भएको अभियान २४ फागुनमा राजावादीहरु सक्रिय भएपछि स्थगित गरिएको थियो ।
तर अभियान सुरु गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु आज बारा जान लागेका हुन् ।अपराह्न चार बजे अभियान टोलीलाई स्थानीयले स्वागत गर्नेछन् ।
त्यसपछि आजैबाट कार्यक्रमहरु सुरु हुनेछन् । विहीबार दिनभर बाराका कार्यक्रममा सहभागी भएर शुक्रबार पर्सा पुग्ने कार्यक्रम छ ।
एक दिन एक जिल्लामा बिताउने र जनतासँग भेटघाट गर्ने अभियान आजबाट पुनः सुरु गर्न लागिएको हो ।