AarthikBikash
बुधबार, चैत्र ५, २०८१
  • होमपेज
  • राजनीति
  • प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

  • बुधबार, चैत्र ५, २०८१
प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधिसभामा क्षमायाचना गरेका छन् । यौन व्यवसाय खुला गरी पर्यटन प्रबर्धन गर्नुपर्ने भनी दिएको अभिव्यक्तिलाई लिएर घिमिरेले माफी मागेका हुन् ।प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमा नै समय लिएर प्रमुख सचेतक घिमिरेले माफी मागे ।

प्रमुख सचेतक घिमिरेले भने,’चैत ३ गते विशेष समयमा व्यक्त गरेको धारणा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हुन् । यो धारणा नेपाली कांग्रेस र संसदीय दलको आधिकारीक धारणा पनि होइन । यी विचारहरूले सम्मानित संसद्का सदस्यहरू र अन्य जनसमुदायमा समेत केहि नकरात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमायाचना गर्न चाहन्छु धन्यवाद ।’

प्रतिनिधिसभाको बैठबमा विशेष समय लिएर बोलेका घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई खुला गर्नुपर्ने प्रस्ताव राखेका थिए। धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिने भएकाले अब यौन व्यवसायलाई खुला गर्न ढिलो गर्न नहुने उनको भनाइ थियो । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा रहेको उनको भनाइ थियो । प्रमुख सचेतक घिमिरेको उक्त भनाइको प्रतिनिधिसभा र कांग्रेसको पदाधिकारी बैठकमा आलोचना भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार